सेवाग्राही केन्द्रित सुधारको आवश्यकता : प्रधान न्यायाधीश राउत - Chaitanya News
  • 2026-04-24
  • 05:23:39
  • बिहिबार,बैशाख १०, २०८३
  • सेवाग्राही केन्द्रित सुधारको आवश्यकता : प्रधान न्यायाधीश राउत

    सेवाग्राही केन्द्रित सुधारको आवश्यकता : प्रधान न्यायाधीश राउत

    काठमाडौँ– प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयहरूमा भएको आगजनी घटनाको समीक्षा गर्दै न्याय कार्यमा सेवाग्राहीप्रति सहजता र भरोसा सुनिश्चित गर्न आवश्यक सुधारको आवश्यकता औँल्याएका छन्।

    आज (मंगलबार) उच्च अदालत तुलसीपुरको अनुगमन कार्यक्रममा बोल्दै उनले उनले न्यायालय जलेका घटनालाई ध्यानमा राख्दै सेवाग्राहीको आक्रोश सम्भवतः न्यायिक प्रणालीको कमजोरीका कारण उत्पन्न भएको हुन सक्ने दृष्टिकोण राखे। “यदि हामीले बदलिने अठोट र प्रण गर्‍यौँ भने फेरि यस्तो आगजनी भए पनि हाम्रो न्याय सम्पादन कहिल्यै प्रभावित हुँदैन,” उनले भने।

    प्रधान न्यायाधीश राउतले न्यायकर्मीहरू, कानुन व्यवसायी र न्यायाधीशहरूले समयअनुसार आफूलाई सुधार्नुपर्ने र अदालतलाई सहज, भरोसायोग्य बनाइ सेवाग्राहीको विश्वास कायम राख्नुपर्नेमा जोड दिएका छन्। उनले न्याय कार्यमा निष्पक्षता कायम राख्न र सेवाग्राहीलाई कुनै असुविधा नहोस् भन्ने उद्देश्यले सुधार आवश्यक रहेको स्पष्ट पारे।

    भदौ २४ पछि आगजनीबाट ध्वस्त भएका न्यायालयको भौतिक संरचना पुनर्निर्माणका लागि स्रोत जुटाउने पहल गर्ने उनले बताए। यसअघि जलेको उच्च अदालत सेवा सुरु गर्न अस्थायी रूपमा घोराहीस्थित जिल्ला अदालतमा स्थानान्तरण गरिएको थियो।

    अन्ततः प्रधान न्यायाधीश राउतले तुलसीपुर उच्च अदालतलाई प्रदेश राजधानी देउखुरी मौरीघाटमा स्थानान्तरण गर्ने समाचारबारे आफूलाई जानकारी नभएको र यो निर्णय न्यायपरिषदको मन्जुरीमा पनि नभएको स्पष्ट पारे।