मलेसिया अयोग्य खेलाडी खेलाएको ठहर, नेपालले पायो ३ अंक - Chaitanya News
  • 2026-03-29
  • 02:19:09
  • शनिबार,चैत्र १४, २०८२
  • मलेसिया अयोग्य खेलाडी खेलाएको ठहर, नेपालले पायो ३ अंक

    मलेसिया अयोग्य खेलाडी खेलाएको ठहर, नेपालले पायो ३ अंक

    काठमाडौं– मलेसिया फुटबल संघले दुई खेलमा अयोग्य खेलाडी खेलाएको ठहर भएको छ। एसियन फुटबल कन्फेडेरेसनको डिसिप्लिनरी तथा इथिक्स कमिटीले एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत नेपाल र भियतनामविरुद्धको खेलमा मलेसियाले अयोग्य खेलाडी खेलाएको ठहर गरेको हो।

    मलेसियाले एएफसी डिसिप्लिनरी तथा इथिक्स कोडको आर्टिकल ५६ उल्लंघन गरेको डिसिप्लिनरी तथा इथिक्स कमिटीको ठहर छ। योसँगै २०२५ को मार्च २५ मा नेपाल र जुन १० मा भियतनामबिचको नतिजा मलेसियाले गुमाएको छ।

    नेपाल र भियतनामले समान ३–० ले मलेसियालाई हराएको मानिनेछ। यसअघि मलेसियाले नेपाललाई २–० र भियतनामलाई ४–० ले पराजित गरेको थियो।

    योसँगै नेपालले ५ खेलबाट पहिलो अंक जोडेको छ। एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत समूह एफमा रहेको नेपालले पहिलो ३ अंक पाएको हो। यस्तै इथिक्स कमिटीले मलेसियालाई ५० हजार अमेरिकी डलर जरिवानासमेत गरेको छ।