1. वातावरण र विकास बीच कसरी अन्तरसम्बन्ध कायम गर्न सकिएला ? तर्क पेश गर्नुहोस। 10
उत्तरः
भनिन्छ विनाश विना विकास सम्भव छैन। तर, विश्वव्यापी रुपमा प्रविधिमा भएको विकासले यस तर्कलार्इ कमजोर बनाउँदै लगेको छ।विकास कृयाकलापहरु संचालन गर्दा वातावरणमा कम भन्दा कम क्षति हुने गरी वातावरणिय पक्षलार्इ प्राथमिकतामा राखि गर्नु पर्दछ।जैविक विधिधताको संरक्षण, वातावरणिय अध्ययन, दिगो विकासको अवधारणाको कार्यान्वयन, जलवायु परिवर्तन कम गर्न विश्वव्यापी साझेदारी तथा एकिकृत विकासको मोडल लागु गरी वातावरण र विकास बीच सन्तुलन कायम गर्न सकिन्छ। विकासको नाममा वातावरणमा क्षति पुर्याउँदै जाँदा कालान्तरमा पृथ्वी नै बस्न लायक नहुन सक्ने तर्फ आजै सचेत हुनु पर्दछ।अतः वातावरण र विकास बीचको अन्तरसम्बन्ध कायम गर्न देहायका सुझावहरु उल्लेख गरेको छुः-
- वातावरण सम्बन्धी राष्ट्रिय कानून अन्तर्राष्ट्रिय सन्धी महासन्धीको कार्यान्वयनमा जोड दिने।अनुगमनलार्इ वस्तुपरक बनाउने।
- वातावरण संरक्षण र वातावरणिय प्रभाव अध्ययनलार्इ विकास कार्यमा आत्मिकरण गर्ने।
- वातावरण संरक्षणमा स्थानीय समुदायलार्इ जागरुक गरार्इ र अग्रणी भूमिका स्थापित गर्ने।
- नविकरणिय र स्वच्छ ऊर्जाको प्रयोगमा जोड दिने।
- गरिबी निवारण जनसंख्या व्यवस्थापन ।
- अव्यवस्थित औद्योगिकीकरण र शहरीकरणलार्इ Planned Way मा संचालन गर्ने
- हरितगृह ग्यास उत्सर्जन कम गर्ने खालको प्रविधिको उपयोग गर्ने
- फोहोरमैलाको आधुनिक विधिबाट व्यवस्थापन गरी स्वच्छ सफा र हरियाली वातावरण निर्माण गर्ने
- प्राकृतिक श्रोतको उपयोगबाट प्राप्त आएको निश्चित हिस्सा वातावरण संरक्षण र दिगो विकासका क्षेत्रमा लगानी गर्ने।
- वातावरण र विकास सम्बन्धमा तीनै तहमा साझा बुझाइ कायम गर्ने। साझा मापदण्ड बनार्इ कार्यान्वयन गर्ने।
- वृहत अध्ययन गरेर, माग र आवश्यकताका आधारमा योजनाको छनौट, कार्यान्वयनयोग्य र वातावरणिय दृष्टिले उपयुक्त आयोजना मात्रै संचालन गर्ने।
- जलवायु परिवर्तन सम्बन्धी कोप सम्मेलनहरुमा बुलन्द आवाज उठाउने।
- पर्वतिय राष्ट्रहरुको साझा एजेण्डा तया गरी ठुला र औद्योगिक राष्ट्रहरुसँग कार्वन व्यापार लगायतका विषयमा Bargaining गर्ने।
निष्कर्ष:
वातावरण बिनाको विकास अल्पायु हुन्छ भने विकास बिनाको वातावरण संरक्षण कठिन हुन्छ। त्यसैले “विकासका लागि वातावरण र वातावरणका लागि विकास” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै दिगो र समावेशी विकास को बाटो रोज्नु आजको आवश्यकता हो।
२. जलवायु परिवर्तनका कारण नेपालमा कुन कुन क्षेत्रमा कस्तो असर परेको छ ? चर्चा गर्दै जलवायु परिवर्तनको समस्या सामना गर्न नेपालले गरेका कार्यक्रमगत व्यवस्थाहरु उल्लेख गर्नुहोस्। 5+5
उत्तरः
जलवायु परिवर्तनको कारक हरितगृह ग्यासको उत्सर्जनमा नेपाललको भूमिका नगण्य (0.025%) भए पनि यसको असर हाम्रो देशमा परिसकेको छ। नेपालमा कृषि जलश्रोत जैविक विविधता तथा मानव स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा परेको असरलाइ देहाय अनुसार प्रस्तुत गरेको छुः-
कृषि तथा खाद्य सुरक्षाः
- भूक्षय र बाढी पहिरोका घटना बढ्नाले माटोको उर्वराशक्ति घटी कृषि उत्पादनमा ह्रास
- पानी पर्ने समयमा फेरबदल र मौसममा गडबढी हुँदा खेती लगाउन समस्या
- नयाँ खालका किटाणु तथा रोगव्याधीका कारण बालिनालीलार्इ क्षति
- वर्षाको प्राकृतिक चक्रमा परिवर्तन हुँदा परम्परागत बाली चक्रमा असन्तुलन
प्राकृतिक प्रकोपः
- अतिवृष्टि अनावृष्टि खण्डवृष्टिको समस्या
- पहाडमा भेल पहिरो नदी तटमा बाढी आउने भूक्षय र असामान्य खडेरी जस्ता प्रकोपमा वृद्धी
- तराइमा खेत बाली डुवान नदीको धार बदलिएर हुने बाढी नदी तटिय क्षेत्रमा कटान र खडेरी जस्ता प्रकोपमा वृद्धि
- हिमताल विष्फोट हुने र तल्लो भेगमा बाढी आइ ठूलो धनजनको क्षति
जलश्रोतः
- खानेपानीको आपूर्ति तथा सिंचाइका लागि पानीको अभाव
- जलविद्युत उत्पादनमा कमि भइ ऊर्जा संकट बढ्ने सम्भावना
- हिउँ पग्लिएर नदि सतह बढ्ने
जैविक विविधताः
- जलवायु परिवर्तन हुँदा रुख विरुवा तथा जीवजन्तु लोप हुने खतरा
- बन विनाश बढ्दा वन्यजन्तु तथा वनस्पतिको प्राकृतिक बासस्थानमा असर
जनस्वास्थ्यः
- बढ्दो तापमानका कारण झाडापखाला लामखुट्टेबाट सर्ने रोग लगाय अन्य रोगहरुमा बृद्धि
- शुद्ध पिउने पानीको अभावले पानीजन्य रोगको प्रकोप
जलवायु परिवर्तनको समस्या सामना गर्न नेपालले गरेका कार्यक्रमगत व्यवस्थाहरुः
- राष्ट्रपति चुरे संरक्षण कार्यक्रम
- पहाडी साना किसानका लागि अनुकूलन आयोजना
- नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम
- समृद्धिका लागि वन कार्यक्रम
- जलवायु उत्थानशिल चुरे कार्यक्रम
- हिमाल सरसफाइ अन्तर्गत सफा हिमाल अभियान संचालन
- स्थानीय तथा राष्ट्रिय जलवायु परिवर्तन अनुकूलन योजना
- सामुदायिक वन विकास कार्यक्रम
- जनताको रहरः हरित शहर अभियान संचालन
- विकास निर्माणमा IEE/EIA गर्ने व्यवस्था
- जलवायु परिवर्तन सम्बन्धी सम्मेलनहरुमा सहभागि भइ आफ्नो कारणा राख्दै आएको
- 2009 मा सगरमाथा आधार शिविर कालापत्थरमा मन्त्रिपरिषद्को बैठक बसी कालापत्थर घोषणा पत्र जारी गरेको
- सम्वाद र छलफल कार्यक्रम आदि।
निश्कर्षः
जलवायु परिवर्तन नेपालको मात्रै नभएर विश्वको साझा समस्या हो। यसको मूख्य कारक धनी तथा विकसित मुलुक भएपनि नेपाल जस्ता पर्वतिय मूलुकहरुले यसको मूल्य चुकाउनु परेको छ। जलवायु वित्त क्षतिपूर्ति कोष लगायतबाट क्षतिपूर्तिका लागि विश्व मंचमा आवाज बुलन्द गरी यस समस्याको संयुक्त रुपमा सामना गर्नुको विकल्प छैन।
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 670