“चैतन्य उत्कृष्ट शिक्षासेवी सम्मान २०८२” बाट होप मन्टेस्वरीकी प्र.अ सिंह सम्मानित - Chaitanya News
  • 2026-03-29
  • 02:19:49
  • शनिबार,चैत्र १४, २०८२
  • “चैतन्य उत्कृष्ट शिक्षासेवी सम्मान २०८२” बाट होप मन्टेस्वरीकी प्र.अ सिंह सम्मानित

    “चैतन्य उत्कृष्ट शिक्षासेवी सम्मान २०८२” बाट होप मन्टेस्वरीकी प्र.अ सिंह सम्मानित

    धनगढी–कैलालीको धनगढीस्थित चैतन्य पाठशालाको २५ औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवसको अवसरमा शिक्षा क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । सोही अवसरमा होप मन्टेस्वरीकी प्रधानाध्यापक उषा भट्ट सिंह “चैतन्य उत्कृष्ट शैक्षिक नेतृत्व सम्मान २०८२” प्रदान गरिएको हो ।

    आज सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डा. हेमराज पन्त र आध्यात्मिक चिन्तक चैतन्य कृष्ण महाराजज्यूको प्रेरक उपस्थितिमा कार्यक्रम शुभारम्भ भएको कार्यक्रममा शिक्षा क्षेत्रको उन्नयन, गुणस्तरीय शिक्षाको प्रवद्र्धन तथा भावी पुस्ताको उज्ज्वल भविष्य निर्माणका लागि निरन्तर समर्पित भई पु¥याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै सिंहलाई उक्त सम्मान प्रदान गरिएको पाठशालाले जनाएको छ ।

    रजत जयन्ती समारोहका क्रममा आयोजित विशेष कार्यक्रममा विद्यालयका प्राचार्य प्रेमनिधि ओझा र कार्यक्रमका प्रेरक उपस्थिति प्रा.डा हेमराज पन्त उनलाई खादा, माला, दोसल्ला र सम्मान–पत्र प्रदान सम्मान गरेका हुन ।
    चैतन्य पाठशालाले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष शिक्षा, साहित्य, खेलकुद तथा समाजसेवा लगायतका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ । यस वर्ष पनि विभिन्न क्षेत्रमा सक्रिय दुई सयभन्दा बढी व्यक्तित्वहरूलाई सम्मान गरिएको र भोलीको कार्यक्रममा समेत गरिने विद्यालय परिवारले जनाएको छ ।

    चैतन्य पाठशालाको रजत जयन्ती समारोह अन्तर्गत विभिन्न सांस्कृतिक, शैक्षिक तथा सम्मान कार्यक्रमहरू आयोजना भइरहेका छन् । विद्यालयले दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा समाजका विभिन्न क्षेत्रका योगदानशील व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाएको छ ।
    अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सप्ताहव्यापी नारी सम्मान कार्यक्रम चलिरहेको सन्दर्भमा पाठशालाको रजत जयन्तीको संयोग पारेर धनगढी र आसपासका क्षेत्रमा शैक्षिक तथा समाजका विभिन्न आयामहरुमा नेतृत्व गरिरहेका नारीहरुलाई विषेस सम्मान गरिएको पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए ।