आजको मौसम: यी प्रदेशमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना - Chaitanya News
  • 2026-04-24
  • 20:24:01
  • शुक्रबार,बैशाख ११, २०८३
  • आजको मौसम: यी प्रदेशमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना

    आजको मौसम: यी प्रदेशमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

    जसको प्रभावले हाल देशको पहाडी र हिमाली भू–भागमा साधरणतया बादल लागेको छ । तराई तथा उपत्यकाका केही स्थानहरूमा तुवाँलो पनि लागेको महाशाखाले जनाएको छ।

    यस्तै,आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा साधरणतया बादल लाग्नेछ। तराई तथा उपत्यकाका थोरै स्थानहरूमा तुवाँलो पनि रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू(भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भाग तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू(भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागमा साधरणतया बादल लाग्नेछ। बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।