झापा क्षेत्र नम्बर– ५: बालेन शाह ओलीभन्दा ९ हजार बढी मतले अगाडि - Chaitanya News
  • 2026-04-25
  • 10:58:16
  • शनिबार,बैशाख १२, २०८३
  • झापा क्षेत्र नम्बर– ५: बालेन शाह ओलीभन्दा ९ हजार बढी मतले अगाडि

    झापा क्षेत्र नम्बर– ५: बालेन शाह ओलीभन्दा ९ हजार बढी मतले अगाडि

    काठमाडौं– झापा क्षेत्र नम्बर– ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मतान्तर थप बढाएका छन् ।

    मतगणनाको प्रारम्भमै अगाडि देखिएका उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको मतान्तर ९ हजार २५३ पुर्‍याएका छन् ।

    निर्वाचन अधिकृतको कार्यालयले यसअघि सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार बालेनको मत ११ हजार ९४५ पुगेको छ ।

    उनलाई ओलीले २ हजार ६९२ मतका साथ पछ्याइ रहेका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ एक हजार ४७७ मतका साथ तेस्रो स्थनामा छन् ।

    यहाँ नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ३५५ र नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ३३५ मत पाएका छन् ।