सुनसरी–१ मा रास्वपाकी गोमा दोब्बर मतले अगाडी, हर्क साम्पाङ पछि - Chaitanya News
  • 2026-10-05
  • 03:49:44
  • आइतबार,आश्विन १८, २०८३
  • सुनसरी–१ मा रास्वपाकी गोमा दोब्बर मतले अगाडी, हर्क साम्पाङ पछि

    सुनसरी–१ मा रास्वपाकी गोमा दोब्बर मतले अगाडी, हर्क साम्पाङ पछि

    काठमाडौँ– सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार दोब्बर मतले अगाडि रहेका छन् ।

    प्रतिनिधि सभा निर्वाचन अन्तर्गत जारी मतगणना अनुसार सुनसरी–१ मा घण्टी चुनाव चिन्हका रास्वपा उम्मेदवार गोमा तामाङ ‘सरिन’ ४६० मतसहित सबै भन्दा अगाडि रहेका छन् ।

    यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष रहेका उम्मेदवार हर्क साम्पाङ राईले हालसम्म १५३, राप्रपाका उद्धव श्रेष्ठ ९५, नेकपाका सूर्यबहादुर भट्टराई ४१, नेकपा एमालेका टीकाराम लिम्बूले २० मत ल्याएका छन् ।