डडेलधुरामा रास्वपाका जोशीको प्रारम्भिक अग्रता, कांग्रेसका महर तेस्रो स्थानमा - Chaitanya News
  • 2026-04-25
  • 10:58:06
  • शनिबार,बैशाख १२, २०८३
  • डडेलधुरामा रास्वपाका जोशीको प्रारम्भिक अग्रता, कांग्रेसका महर तेस्रो स्थानमा

    डडेलधुरामा रास्वपाका जोशीको प्रारम्भिक अग्रता, कांग्रेसका महर तेस्रो स्थानमा

    डडेलधुरा– नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ ।

    प्रारम्भिक मतगणनामा रास्वपाका ताराप्रसाद जोशीले ४७८ मतसहित अग्रता लिँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मानसिंह मालले २९२ मतसाथ दोस्रो स्थानमा देखिएका छन् ।

    नेपाली कांग्रेसका नैनसिंह महर भने २७८ मतसहित तेस्रो स्थानमा रहँदा एमालेका चक्रप्रसाद स्नेहीले १५३ मत मात्रै पाएका छन् ।

    यो गणना परशुराम नगरपालिका–१० को नतिजा हो ।