निर्वाचन अपडेट: काँग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश गौचन थकाली विजयी - Chaitanya News
  • 2026-08-18
  • 20:33:14
  • मंगलबार,भाद्र ०२, २०८३
  • निर्वाचन अपडेट: काँग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश गौचन थकाली विजयी

    निर्वाचन अपडेट: काँग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश गौचन थकाली विजयी

    काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत काँग्रेसले खाता खोलेको छ । मुस्ताङ निर्वाचन क्षेत्रबाट नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्।

    अन्तिम मत परिणाम अनुसार थकालीले ३ हजार ३०७ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्य पदमा विजय हासिल गरेका हुन्।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना सम्पन्न भएसँगै मुस्ताङबाट प्रतिनिधि सभा सदस्यका रूपमा थकाली निर्वाचित भएको घोषणा गरिएको छ।