बाँके क्षेत्र नम्बर–१: रास्वपाका सुरेशकुमार चौधरी २६५७ मतले अगाडि - Chaitanya News
  • 2026-04-25
  • 21:14:58
  • शनिबार,बैशाख १२, २०८३
  • बाँके क्षेत्र नम्बर–१: रास्वपाका सुरेशकुमार चौधरी २६५७ मतले अगाडि

    बाँके क्षेत्र नम्बर–१: रास्वपाका सुरेशकुमार चौधरी २६५७ मतले अगाडि

    काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचनको हालसम्मको मत गणना अनुसार बाँके क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार चौधरी नेपाली काँग्रेसका नारायणप्रसाद गौडेलभन्दा २ हजार ६ सय ५७ मतले अगाडि छन् ।

    बाँके १ मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार ७ हजार १ सय २० मत गणना हुँदा रास्वपाका चौधरीले ४ हजार ९३ मत ल्याएका छन् । उनलाई काँग्रेसका गौडेलले १ हजार ४ सय ३६ मत ल्याएर पछ्याइरहेका छन् ।

    एमालेका सूर्यप्रसाद ढकालले ६ सय ४८, नेकपाका नरेन्द्रप्रसाद पाण्डेले ३२९ मत, राप्रपाका प्रदीपकुमार शाहले २०७ र प्रगतिशील लोकतान्त्रिक पार्टीकी कृष्णा केसीले २० मत ल्याएकी छन् । यो मत गणनामा २७१ मत बदर भएको छ ।