चितवन–२ मा रवि लामिछाने फराकिलो मतान्तरले अगाडि - Chaitanya News
  • 2026-04-25
  • 12:34:24
  • शनिबार,बैशाख १२, २०८३
  • चितवन–२ मा रवि लामिछाने फराकिलो मतान्तरले अगाडि

    चितवन–२ मा रवि लामिछाने फराकिलो मतान्तरले अगाडि

    भरतपुर– चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

    अहिलेसम्म ६ हजार ६ सय २३ मत गणना हुँदा रविले २ हजार ८ सय १ मतसाथ अग्रता लिएका छन् ।

    रविलाई पछ्याउँदै एमाले उम्मेदवार अस्मिन घिमिरे दोस्रो स्थानमा १ हजार २ सय ५९ मत पाएका छन् ।

    त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले १ हजार १ सय ५१ मत पाएका छन् भने नेपाली काँग्रेसका मिना खरेलले ९ सय १६ मत पाएकी छिन् ।