काठमाडौं– सर्लाहीको बलरा नगरपालिका४ को एक केन्द्रमा मतदान रोकिएको छ ।
दलका प्रतिनिधिहरूबीच विवाद हुँदा बलरा(४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रको मतदान रोकिएको हो ।
बलरा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो ।
अहिले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पुगेर विवाद मिलाउने प्रयास गरिरहेका छन् ।
बलरा–१ को एउटा केन्द्रमा पनि विवाद भएको थियो । सीडीयो र प्रहरी प्रमुख पुगेर सम्झाएपछि मतदान सुरु भएको छ ।