चुनाव बहिष्कार गर्दै आएका विप्लवले गरे रोल्पामा मतदान - Chaitanya News
  • 2026-04-27
  • 05:35:17
  • आइतबार,बैशाख १३, २०८३
  • चुनाव बहिष्कार गर्दै आएका विप्लवले गरे रोल्पामा मतदान

    चुनाव बहिष्कार गर्दै आएका विप्लवले गरे रोल्पामा मतदान

    काठमाडौँ– नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १८ वर्षपछि रोल्पाबाट मतदान गरेका छन् ।

    विगतमा चुनाव बहिष्कार गर्दै आएका विप्लवले यसपटकको चुनावमा उनको पार्टीले भाग लिएपछि मतदान गरेका हुन् ।
    विप्लवले परिवर्तन गाउँपालिका–३ थुनिकोट बाल शिक्षा माविको ‘क’ केन्द्रमा मतदान गरेका छन् ।

    मतदान गर्न उनी बुधबार जन्म गाउँ इरिबाङ पुगेका थिए । पछिल्लो समय कपिलवस्तु बस्दै आएका उनी चुनावी प्रचारको समयमा समेत रोल्पा आएका थिए ।
    रोल्पा क्षेत्र–१ बाट उनको पार्टीबाट पोलिटब्युरो सदस्य चुडामणि वली चुनावी मैदानमा छन् ।