प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा क्षति - Chaitanya News
  • 2026-04-27
  • 05:36:36
  • आइतबार,बैशाख १३, २०८३
  • प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा क्षति

    प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा क्षति

    काठमाडौँ– उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा सामान्य क्षति पुगेको छ ।

    कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला ९ख० मतदान केन्द्रमा बिहान ७स्१० बजेतिर घटना भएको हो ।
    नेपाल प्रहरीले बोकेको सटगनबाट गोली पड्किएको थियो । प्रहरीले बोकेको हतियारबाट गोली पड्किएर मतपेटिकामा क्षति पुगे पनि मानवीय र अन्य भौतिक क्षति भने नभएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले बताए ।

    गोली पड्किएर क्षति पुगेको मतपेटिका फेरेर मतदानलाई सुचारु राखिएको छ । मतदानमा अन्य कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।