तोमनाथ उप्रेती:
१.
विकिपिडियामा
राष्ट्रपति बनेपछि
युद्ध किन चाहियो।
२.
तस्बिर एक पोस्ट
देशको भाग्य बद्लिने
ठट्टा कि सत्ता।
३.
सञ्जालको सिंह
नक्सा नहेरी गर्ज्यो
देशै हरायो।
४.
कार्यवाहक शब्द
अहंकारको व्याकरण
साम्राज्य लेख्छ।
५.
एक क्लिक काफी
राष्ट्र बदल्ने खेलमा
हास्य त्रास बन्यो।