मध्यपूर्वका नेपालीको सुरक्षा सुनिश्चित गर्न र्‍यापिड एक्सन टिम गठन - Chaitanya News
  • 2026-04-26
  • 10:16:52
  • आइतबार,बैशाख १३, २०८३
  • मध्यपूर्वका नेपालीको सुरक्षा सुनिश्चित गर्न र्‍यापिड एक्सन टिम गठन

    मध्यपूर्वका नेपालीको सुरक्षा सुनिश्चित गर्न र्‍यापिड एक्सन टिम गठन

    काठमाडौं– सरकारले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि ‘र्‍यापिड एक्सन टिम’ गठन गर्ने भएको छ। परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गर्दै परराष्ट्र मन्त्रालयका सचिवको संयोजकत्वमा ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न लागेको जनाएको हो।

    पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयका अधिकारी कृष्णप्रसाद ढकालले उक्त टिममा श्रम तथा रोजगार मन्त्रालय, गृह मन्त्रालय लगायत अन्य सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरू रहने जानकारी गराए।

    यो एक्सन टिमले निरन्तर रूपमा त्यहाँको घटनाक्रमलाई नजिकबाट नियाल्ने, आवश्यकता अनुसार छिटो छरितो ढङ्गबाट निर्णय गर्ने, सम्बन्धित निकायहरूमा समन्वय गर्ने र आवश्यक परेको अवस्थामा त्यहाँ रहेका नेपालीहरूलाई सहयोगका लागि आवश्यक कदम चाल्ने उनको भनाइ छ।

    मध्यपूर्वमा रहेका लाखौँ नेपालीहरूको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको उनको भनाइ छ। यसका लागि सरकारले एक्सन टिम गठन गर्न लागिएको बताए।