जाँचबुझ आयोगको प्रतिवेदन निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गर्न ‘जेन जेड मुभमेन्ट अलायन्स’को आग्रह - Chaitanya News
  • 2026-04-26
  • 15:12:05
  • आइतबार,बैशाख १३, २०८३
  • जाँचबुझ आयोगको प्रतिवेदन निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गर्न ‘जेन जेड मुभमेन्ट अलायन्स’को आग्रह

    जाँचबुझ आयोगको प्रतिवेदन निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गर्न ‘जेन जेड मुभमेन्ट अलायन्स’को आग्रह

    काठमाडौँ– जेन जेड मुभमेन्ट अलायन्सले गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गर्न आग्रह गरेको छ।

    यस सम्बन्धमा अलायन्सका प्रतिनिधिहरू अमृत वन, पेमा वाङ्बो लामा, मजिज अन्सारी, जय गुप्ता तथा अमित खनाल लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा माग पत्र दर्ता गराएका छन्।

    माग पत्रमार्फत निर्वाचनपछि आयोगको प्रतिवेदन सार्वजनिक गरी त्यसको कार्यान्वयन प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिइएको जनाइएको छ।

    अलायन्सका प्रतिनिधिहरूले न्याय सुनिश्चितता, दण्डहीनताको अन्त्य तथा पीडित पक्षलाई न्याय उपलब्ध गराउने विषयमा निरन्तर पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।