प्रचण्डले भने: ओलीको गलत कार्यशैलीका कारण एमालेभित्र विद्रोह बढदैछ - Chaitanya News
  • 2026-04-26
  • 18:30:39
  • आइतबार,बैशाख १३, २०८३
  • प्रचण्डले भने: ओलीको गलत कार्यशैलीका कारण एमालेभित्र विद्रोह बढदैछ

    प्रचण्डले भने: ओलीको गलत कार्यशैलीका कारण एमालेभित्र विद्रोह बढदैछ

    काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन जेड आन्दोलनपछि उत्पन्न भएको विषम परिस्थितिले फेरि वामपन्थी, देशभक्त, समाजवादी र कम्युनिस्टहरूलाई एकताबद्ध हुनुपर्ने आवश्यकता बढेको बताएका छन्।

    आज (मंगलबार) एमाले निकट मुक्ति समाज दोलखाका नेताहरू तथा कार्यकर्ताहरूलाई पार्टीमा प्रवेश गराउँदै उनले देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिस्टहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका हुन्। अहिले नेपाली कम्युनिस्ट पार्टी बनिसकेपछि ध्रुवीकरणको एउटा नयाँ माहोल बनेको उनले बताए।

    उनले भने, ‘ केही समयभित्र अन्ततस् फेरि सबै वामपन्थी कम्युनिस्ट हामी एकै ठाउँमा हुनेछौँ।’

    उनले केपी ओलीको गलत सोच र कार्यशैलीका कारण एमालेभित्र विद्रोह गर्नेको संख्या बढेको बताए।

    ‘एमाले भित्रैकै पनि तपाईँहरू जस्तै साथीहरूले विद्रोह गर्दै फेरि एकताको झन्डा उठाउन सहयोग गर्नेछन्। र हामी एकताबद्ध हुनेछौँ। निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छ। मैले देशभरिको रेकर्ड मैले त दिनदिनै हेरिराखेको छु। सबै हेर्दा दिनप्रतिदिन हाम्रो प्रगति हुँदै गएको छ। हामी एक नम्बर पार्टी हुने सम्भावना छ। नभए पनि हामी प्रतिस्पर्धी पार्टी हुनेछौँ।’