फागुन २१ मा चुनाव हुँदैन की भन्ने शंका हटेको अर्थमन्त्री खनालको दाबी - Chaitanya News
  • 2026-04-26
  • 23:38:48
  • आइतबार,बैशाख १३, २०८३
  • फागुन २१ मा चुनाव हुँदैन की भन्ने शंका हटेको अर्थमन्त्री खनालको दाबी

    फागुन २१ मा चुनाव हुँदैन की भन्ने शंका हटेको अर्थमन्त्री खनालको दाबी

    काठमाडौँ – अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा चुनाव हुँदैन की भन्ने शंका हटेको बताएका छन् ।

    आज (शुक्रवार( राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले भने, चुनाव गराउन बनेको सरकारले सुरुवाती दिनहरूमा अनेकौँ चुनौतीहरू आइपरे पनि निरन्तरको संवाद र दलहरूसँगको सहकार्यपछि मुलुकमा निर्वाचन हुने बाटो बनेको छ।

    उनका अनुसार यो सरकार बनेको ५–६ हप्तासम्म निर्वाचन हुने हो की भन्ने आशंका आम मानिससँगै राजनीति वृत्तमा रहे पनि अहिले हटेर गएको बताए । मुलुकलाई निर्वाचनमा लैजान अन्तरिम सरकारले कतिपय बजेटमा आएका विषयवस्तुलाई कार्यान्वयनमा नलगेको पनि प्रष्ट पारेका छन्।

    अर्थमन्त्री खनालले भने, ‘जुन आशंका आम मानिससँगै राजनीति वृत्तमा सरकार बनेको ५–६ हप्तासम्म थियो। निर्वाचन हुँदैन भन्ने थियो। जेलबाट भागेका कैदीहरू निस्केका छन्। हतियारहरू बाहिर छन्। पुराना पुस्ताका धेरै शासन सत्ता चलाएका नेताहरूलाई देख्नै चाहँदैनन्। उनीहरूसँग वार्ता नै गर्न चाहँदैनन्। परस्पर संवादको वातावरण नै छैन। यस्तो अवस्थामा यो सरकारले कसरी निर्वाचन गराउन सक्ला भन्ने एउटा ठुलो संशय मुलुक सामु थियो। त्यसलाई अत्यन्तै संयमतापूर्वक कुनै प्रतिरोध नगरी त्यो संशयलाई मेटाउन ठुलो चुनौती थियो। त्यो चुनौतीलाई बहन गर्नुपर्छ र त्यसलाई भड्किन नदिन कतिपय पर्यटन क्षेत्रसहित अरू धेरै कामहरू गर्न सकिएन।’

    अर्थमन्त्री खनालले दिगो पर्यटन विकास गर्न जरुरी रहेको समेत बताए। खनालका अनुसार भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने जिम्मेवारी यो सरकारलाई भएकोमा कतिपय कुरामा सफलता प्राप्त भएको समेत बताएका छन्।