सन् २०२८ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने टी–२० विश्वकप खेल्ने १२ टोलीको टुंगो, ८ टोली छनोटबाट आउने - Chaitanya News
  • 2026-04-17
  • 06:10:45
  • शुक्रबार,बैशाख ०४, २०८३
  • सन् २०२८ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने टी–२० विश्वकप खेल्ने १२ टोलीको टुंगो, ८ टोली छनोटबाट आउने

    सन् २०२८ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने टी–२० विश्वकप खेल्ने १२ टोलीको टुंगो, ८ टोली छनोटबाट आउने

    काठमाडौं– सन् २०२८ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने १२ टोलीको टुंगो लागेको छ। भारत र श्रीलंकामा जारी टी–२० विश्वकपको सुपर–८ को टुंगो लागेसँगै २ वर्षपछि हुने अर्को विश्वकप खेल्ने १२ टोलीको निश्चित भएको हो।

    अष्ट्रेलिया र न्यूजिल्याण्डले आयोजक राष्ट्रको रुपमा उक्त विश्वकप खेल्नेछन्। यस्तै जारी विश्वकपमा सुपर–८ मा प्रवेश गरेका भारत, पाकिस्तान, श्रीलंका, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, जिम्बाब्बे र वेष्ट इन्डिजले पनि आउँदो विश्वकपमा स्थान पक्का गरेका छन्।

    सुपर–८ मा पुगेको न्यूजिल्लाण्डले भने आयोजककै रुपमा विश्वकप खेल्नेछन्। त्यसबाहेक सुपर–८ बाहिर रहेकामध्ये हाल टी–२०आई वरीयतामा माथि रहेका ३ राष्ट्रले पनि आगामी विश्वकप खेल्न पाउनेछन्।

    अफगानिस्तान र आयरल्याण्ड जारी विश्वकपमा समूह चरणबाटै बाहिरिएका थिए। भारतसँगको विवादका कारण बंगलादेश यसपटकको विश्वकपमा सहभागी भएको थिएन।

    ८ टोली भने क्षेत्रीय छनोटमार्फत विश्वकपमा आउनेछन्। अफ्रिका, युरोप, अमेरिका र एसिया–इष्ट एसिया प्यासिफिकको क्षेत्रीय छनोटमार्फत छनोट भइ ८ देशले विश्वकप खेल्नेछन्।

    नेपालले यसपटक एसिया–इष्ट एसिया प्यासिफिकको क्षेत्रीय छनोटको शीर्ष स्थानमा रहँदै २०२६ को विश्वकपमा स्थान बनाएको थियो।