काँग्रेसले सार्वजनिक गरेको प्रतिज्ञाबाट एक इन्च पर नसर्ने गगन थापाको वाचा - Chaitanya News
  • 2026-04-27
  • 02:46:26
  • आइतबार,बैशाख १३, २०८३
  • काँग्रेसले सार्वजनिक गरेको प्रतिज्ञाबाट एक इन्च पर नसर्ने गगन थापाको वाचा

    काँग्रेसले सार्वजनिक गरेको प्रतिज्ञाबाट एक इन्च पर नसर्ने गगन थापाको वाचा

    काठमाडौँ– नेपाली काँग्रेसका सभापति गगन थापाले आज (बुधबार) सार्वजनिक गरेको प्रतिज्ञा कार्यान्वयन गरेरै छाड्ने बताएका छन्।

    जनकपुरमा प्रतिज्ञा पत्र सार्वजनिक तथा पार्टीको सभालाई सम्बोधन गर्दै आफू कुनै घोषणा गर्न नभई प्रतिज्ञा गर्न आएको बताए।

    उनले भने, ‘जस्तोसुकै असहज परिस्थिति होस्। सरकार होला वा प्रतिपक्षमा होला, महलमा होला वा सडकमा होला। राजा जनकले जस्तै काँग्रेसले पनि आफ्नो प्रतिज्ञाबाट एक इन्च पर गर्नेवाला छैन।’

    उनले प्रतिज्ञा पत्रमा लेखिएको अक्षर अक्षर पार्टी सभापतिदेखि तल्लो तहको पार्टी सदस्यसम्मले पाँच वर्ष पालना गर्ने बताएका छन्।