काठमाडौं– राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। आज (म)गलबार) बोर्डले एक सुचना जारी गर्द २०८३ सालमा साञ्चालन हुने कक्षा ११ र १२ को वार्षिक परीक्षा निर्धारित मितिअनुसार सञ्चालन हुने जनाइएको छ। देशभरका सामुदायिक तथा संस्थागत विद्यालयका नियमित, आंशिक तथा प्राविधिक धारका विद्यार्थीहरूका लागि परीक्षा सञ्चालन गरिने बोर्डले स्पष्ट गरेको छ।
प्रकाशित तालिका अनुसार परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म सञ्चालन हुनेछ। परीक्षा निष्पक्ष, व्यवस्थित र समयमै सम्पन्न गर्ने उद्देश्यले विस्तृत विषयगत तालिका सार्वजनिक गरिएको हो। यस वर्षको परीक्षामा विभिन्न संकाय तथा धारका विद्यार्थीहरू सहभागी हुनेछन्, जसमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा तथा प्राविधिक धारका विषयहरू समावेश गरिएको छ।
परीक्षा २०८३ साल बैशाख १४ गतेदेखि सुरु भई क्रमशः विभिन्न विषयहरूको परीक्षा सञ्चालन हुने तालिका छ।
बोर्डले परीक्षा निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन गर्न सम्बन्धित विद्यालय, शिक्षक, अभिभावक तथा विद्यार्थी सबैलाई सहयोग गर्न आग्रह गरेको छ। परीक्षा सञ्चालनका क्रममा कुनै प्राकृतिक विपत्ति वा विशेष परिस्थितिका कारण तालिकामा परिवर्तन भएमा बोर्डको आधिकारिक सूचना अनुसार जानकारी गराइने जनाइएको छ।
विद्यार्थीहरूलाई नियमित अध्ययन, समय व्यवस्थापन तथा मानसिक तयारीमा ध्यान दिन पनि बोर्डले आग्रह गरेको छ। वार्षिक परीक्षा विद्यार्थीहरूको शैक्षिक जीवनको महत्वपूर्ण चरण भएकाले सबैले जिम्मेवारीपूर्वक सहभागिता जनाउनुपर्ने बताइएको छ। देशभरका हजारौं विद्यार्थीको भविष्यसँग जोडिएको यस परीक्षालाई सफल बनाउन सबै पक्षको समन्वय आवश्यक रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
![]()
![]()