अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र मुख्यमन्त्री कोही बन्न पाउन्न : विश्वप्रकाश शर्मा - Chaitanya News
  • 2026-04-27
  • 06:35:52
  • सोमबार,बैशाख १४, २०८३
  • अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र मुख्यमन्त्री कोही बन्न पाउन्न : विश्वप्रकाश शर्मा

    अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र मुख्यमन्त्री कोही बन्न पाउन्न : विश्वप्रकाश शर्मा

    काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र प्रदेशको मुख्यमन्त्री बन्न नपाउने बताएका छन् । आज (सोमबार) लमजुङमा आयोजित सभालाई सम्बोधन गर्दै शर्माले कांग्रेसले अब दुई पटकभन्दा बढी कसैलाई प्रधानमन्त्री नबनाउने दाबी गरेका हुन्।

    ‘कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी एकरदुईरतीनरचार को नीति संविधानमा अंकित गर्नेछौँ,’ उपसभापति शर्माले भने, ‘अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक भन्दा बढी रहन पाउने छैनन्।’

    कांग्रेस बदलिएर आएको कुरा बुझेका मतदाताले फागुन २१ को निर्वाचनमा जित दिलाउने पनि उनले विश्वास व्यक्त गरे। ‘देश जान्दछ, कांग्रेस बदलिएको छ। र, यो पनि देश जान्दछ( जो बदलिनसक्छ उसैले बदल्न सक्छ,’ उपसभापति शर्माले भने।

    देशको शासनमा गर्नुपर्ने सुधारबारे कांग्रेसले केस्राकेस्रा केलाएको उनले बताए। जेनजी विद्रोहको भावनाबमोजिम सुधार, परिमार्जन र समग्रमा परिवर्तनलाई कांग्रेसले नै सम्भव बनाउने उनले दाबी गरे।