काठमाडौँ– दाङमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका आम जनता पार्टीका उम्मेदवारले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई समर्थन गरेका छन्।
आज (सोमबार) दाङको घोराहीमा आयोजित एक कार्यक्रमका बिच आजपाका कृष्णबहादुर विक नेकपाका उम्मेदवार निर्मल आचार्यलाई समर्थन घोषणा गरेका हुन्।
आजपाले उठाएका चुनावी एजेण्डासहित जनताको न्याय र सुशासन प्रवर्द्धनका लागि नेकपाले उठाएका सवाल समान रहेकाले समर्थन गरेको उनले बताए।
विकले विभिन्न नीति खारेज, लघुवित्त तथा वित्तिय संस्थाहरूकालाई राष्ट्रियकरण, लघुवित्तहरूको ऋण मिनाह, गरिब तथा विपन्न वर्ग समुदाय ३ प्रतिशत ब्याजदर कायम, भूमिहीन किसानलाई उचित बसोबासको व्यवस्थापन, प्रत्येक वडा कार्यालयहरू सामाजिक सुरक्षा भत्ताको सहज वितरण, वित्तिय संस्थाको अनियमितता माथि नियमन, गरिब परिचय पत्रका आधारमा ऋणको व्यवस्थापन, कालोसूचीमा परेका विपन्न गरिबहरूको फुकुवा, जिल्लाको विकट क्षेत्रमा मानवीय तथा भौतिक विकासको उचित व्यवस्थापन लगायतका विषयमा चुनावी एजेन्डाको बनाएका थिए।
समर्थन सभालाई सम्बोधन गर्दै नेकपा दाङ क्षेत्र नं. २ उम्मेदवार निर्मल आचार्यले उठाएको सवालहरूलाई नीतिगत व्यवस्थापनमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।