महाशिवरात्रिमा पशुपति मन्दिर प्रवेश गर्न चार स्थानबाट दर्शन मार्ग तय - Chaitanya News
  • 2026-02-15
  • 04:05:43
  • शनिबार,फाल्गुण ०२, २०८२
  • महाशिवरात्रिमा पशुपति मन्दिर प्रवेश गर्न चार स्थानबाट दर्शन मार्ग तय

    महाशिवरात्रिमा पशुपति मन्दिर प्रवेश गर्न चार स्थानबाट दर्शन मार्ग तय

    काठमाडौँ– महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि चार स्थानबाट दर्शन मार्ग तय गरिएको छ। आजल(बिहिबार) पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलनको आयोजना गरी दर्शनार्थीहरुको सुविधाका लागि चार स्थानबाट दर्शन गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको हो।

    क्षेत्र विकास कोषले मैतीदेवी, वत्तिसपुतली पुरानो बानेश्वरतर्फ आउने दर्शनार्थीहरुलाई गौशाला पिंगलास्थान गेट हुँदै, भक्तपुर, ललितपुर, कोटेश्वर तिनकुनेबाट आउने दर्शनार्थीहरुलाई राम मन्दिर–आर्यघाट हुँदै, जोरपाटी, कपन, चाबहिल हुँदै आउने दर्शनार्थीहरुका लागि गौरिघाटतर्फबाट र रातोपुल–कालोपुलतर्फबाट आउने दर्शनार्थीहरुका लागि जयबागेश्वरी मन्दिरतर्फबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्न सकिने जनाएको छ।

    फागुन ३ गते महाशिवरात्री पर्व परेको छ ।