प्रतिनिधि सभा निर्वाचनका लागि हिमाली जिल्लाको निर्वाचनको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा - Chaitanya News
  • 2026-04-27
  • 11:30:59
  • सोमबार,बैशाख १४, २०८३
  • प्रतिनिधि सभा निर्वाचनका लागि हिमाली जिल्लाको निर्वाचनको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा

    प्रतिनिधि सभा निर्वाचनका लागि हिमाली जिल्लाको निर्वाचनको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा

    काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्की हिमाली जिल्लाको निर्वाचनको वस्तुस्थिति बुझ्न सोलुखुम्बु पुगेकी छन्।

    फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि प्रधानमन्त्री कार्कीसँगै उनका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावलसहितको टोली आज बिहान हेलिकप्टरबाट सोलुखुम्बु पुगेको हो।

    सुरुमा नाम्चे पुगेको टोली अहिले सदरमुकाम सल्लेरी पुगेको छ। प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी र सुरक्षा अंगका जिल्ला प्रमुखहरूले स्वागत गर्दै जिल्लाको अवस्थाबारे जानकारी गराएका छन्।

    अहिलेसम्म हिउँ नपरेकाले फागुन २१ गतेको निर्वाचन गराउन समस्या नहुने ब्रिफिङ जिल्लाका अधिकारीहरूले गरेको प्रेस सल्लाहकार रावलले जानकारी दिएका छन्।

    सोलुखुम्बुमा जिल्लामा १२३ मतदान स्थल छन्। यदि हिउँ परिहालेमा सात वटा मतदान स्थल प्रभावित हुनेछन्। ती सातमध्ये चार वटा मतदान स्थल नाम्चेभन्दा माथि पर्दछन्। अहिलेसम्म ती मतदान स्थल सामान्य अवस्थामा छन्।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार रावलका अनुसार आज र भोलि पूर्वी क्षेत्रका हिमाली जिल्लाको अवस्था बुझेर पश्चिम जाने योजना छ।