प्रधानमन्त्री कार्कीले भनिन्:अख्तियारले राम्रो काम गर्दागर्दै पनि भ्रष्टाचार न्युन हुन सकेन - Chaitanya News
  • 2026-04-27
  • 13:01:58
  • सोमबार,बैशाख १४, २०८३
  • प्रधानमन्त्री कार्कीले भनिन्:अख्तियारले राम्रो काम गर्दागर्दै पनि भ्रष्टाचार न्युन हुन सकेन

    प्रधानमन्त्री कार्कीले भनिन्:अख्तियारले राम्रो काम गर्दागर्दै पनि भ्रष्टाचार न्युन हुन सकेन

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राम्रो काम गर्दागर्दै पनि भ्रष्टाचार न्युन हुन नसकेको बताएकी छन्

    आज (बुधबार) आयोगको ३५ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले पछिल्लो समय अझै सक्रिय र निर्भिक रूपमा सशक्त ढंगले आयोगले काम गरिरहेको बताईन्।

    ‘हाम्रो देशमा पनि संविधानमा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो निकायको व्यवस्था गरेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्,‘यसले गर्ने कारबाहीका कारण प्रत्येक कर्मचारी र राष्ट्रसेवक पदाधिकारी एक प्रकारको डर अवश्य पैदा भएको छ।’

    मुलुकमा सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न भ्रष्टाचार नियन्त्रण पहिलो र अनिवार्य सर्त रहेको उनको भनाई थियो।

    त्यसैले नै हरेक राष्ट्रले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिने गरेको उनले बताइन्।