काठमाडौं– लोक सेवा आयोगबाट हालै विभिन्न सेवा समूह अन्तर्गत सहसचिव पदमा सिफारिस भएका उम्मेदवारहरूलाई चैतन्य एकेडेमीले वधाई तथा शुभकामना कार्यक्रम आयोजन गरेको छ। सफल सहसचिवहरूलाई शुभकामना सहित खादाले सम्मान गरिएको थियो। लामो समयको कठिन मेहनत, अनुशासन र निरन्तर अध्ययनको परिणामस्वरूप प्राप्त यो सफलताले न केवल व्यक्तिगत उपलब्धि जनाउँछ, बरु नेपालको सार्वजनिक प्रशासनलाई अझ सुदृढ, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
चैतन्यले विगत १२ वर्षदेखि खरिदारदेखि सहसचिवसम्म लेकसेवा आयोगबाट सिफारीस हुनेहरूलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गर्दै आइरहेको छ। यसै कार्यक्रमको निरन्रता स्वरुप हिजो, सोमबार हालै विभिन्न सेवा समूह अन्तर्गत सहसचिव पदमा सिफारिस भएकाहरूलाई एक समारोहबीच सुभकामना तथा बधाई प्रदान गरेको हो।
काठमाडौंको शङखमुलमा हिजो, सोमबार सम्पन्न उक्त कार्यक्रममा लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनाली प्रमुख अथिति हुनु हुन्थ्यो।
![]()
सहसचिव, उपसचिव, शाखाअधिकृत, स्वास्थ्य सेवा, शिक्षक सेवा, प्रहरी सेवा, बैंकिङलगायत विभिन्न क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको बताउँदै सहभागी सहसचिवरूले चैतन्यको उक्त कार्यको प्रशंसा गरेका थिए। चैतन्यले व्यावसायिक मात्र नभई सामाजिक उत्तरदायित्व बहन गर्ने क्षेत्रमा समेत काम गर्दै आएको र यसले सकारात्मक उत्प्रेरणा सहित उत्साहा थप्न मदत पुर्ने उनीहरूको विश्वास थियो।
आफ्नो सफलतामा चैतन्यको ठूलो भूमिका रहेको उनीहरूले बताएका थिए। चैतन्यको उत्कृष्ट व्यवस्थापन र उत्कृष्ट गुणस्तरले नै उत्कृष्ट नतिजा दिन सफल भएको उनीहरूको भनाइ थियो।
![]()
यस्तै, अब सहसचिवको जिम्मेवारीमा रहेर सुशासन, पारदर्शिता र सेवा प्रवाह सुधारमा केन्द्रित भएर काम गर्ने उनिहरुको भनाइ थियो ।
,“लोक सेवा परीक्षा धैर्यता र निरन्तरताको परीक्षा हो। सहसचिवको भूमिकामा रहेर राजस्व प्रशासनलाई अझ नागरिकमैत्री र प्रविधिमैत्री बनाउने लक्ष्य रहेको उनिहरुको भनाई थियो ।
कार्यक्रमको उद्देश्य लोक सेवा आयोगको कठिन र प्रतिस्पर्धात्मक परीक्षाबाट सहसचिव पदमा सिफारिस हुन सफल व्यक्तिहरूलाई सम्मान गर्दै उनीहरूबाट सार्वजनिक प्रशासनमा इमानदार, सक्षम र जनमुखी नेतृत्वको अपेक्षा व्यक्त गर्नु रहेको आयोजक संस्थाले जनाएको छ।
![]()
कार्यक्रममा बोल्दै चैतन्य इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत गणेश जोशीले भने, “हाम्रो सहकार्यमा लोक सेवा आयोगबाट सहसचिव पदमा सिफारिस हुनु चैतन्य इन्स्टिच्युटका लागि अत्यन्त गर्वको विषय हो। हामीले सधैं सक्षम, नैतिक र जिम्मेवार सार्वजनिक सेवक उत्पादन गर्ने लक्ष्य राख्दै आएका छौं।”
जोशीले थपे,“लोक सेवा केवल रोजगारी होइन, यो राष्ट्रप्रतिको जिम्मेवारी पनि हो। त्यसैले चैतन्य इन्स्टिच्युटले विषयवस्तुको ज्ञानसँगै नेतृत्व क्षमता, विश्लेषणात्मक सोच र सार्वजनिक मूल्यमा जोड दिँदै आएको छ। आज सफल हुनुभएका सहसचिवज्यूहरूबाट सार्वजनिक प्रशासनमा सकारात्मक परिवर्तन आउनेमा हामी विश्वस्त छौं।”
उनका अनुसार आगामी दिनमा पनि चैतन्य इन्स्टिच्युटले लोक सेवा तयारीलाई अझ व्यवस्थित, अनुसन्धानमुखी र व्यवहारिक बनाउँदै लैजानेछ।
![]()
यस्तै, कार्यक्रमम पूर्व लोक सेवा अध्यक्ष उमेश मैनालीले सहसचिव सिफारिस प्रक्रियालाई नेपालको प्रशासनिक सुधारसँग जोडेर हेर्नुपर्ने बताए।
उनले भने,“लोक सेवा आयोगको मुख्य उद्देश्य योग्य, सक्षम र निष्पक्ष जनशक्ति छनोट गर्नु हो। हाल सिफारिस भएका सहसचिवहरू त्यो प्रक्रियाको परिणाम हुन्। अब उनीहरूले व्यवहारमा इमानदारी, व्यावसायिकता र जनउत्तरदायित्व देखाउनुपर्ने हुन्छ।”
मैनालीले थपे,“लोक सेवा तयारीका क्रममा निजी शैक्षिक संस्थाहरूको भूमिका पनि महत्वपूर्ण बन्दै गएको छ। चैतन्य इन्स्टिच्युटले गुणस्तरीय शिक्षामा जोड दिँदै राम्रो सेवा प्रदान गरिरहेको देखिन्छ, जुन सकारात्मक पक्ष हो।”
![]()
चैतन्य एकेडेमीले लोकसेवा आयोग तयारी कक्षाका साथै विभिन्न पेसामा संलग्न व्यक्तिहरूको पेसागत क्षमता अभिवृद्धि, नीति निर्माण संगठनात्मक विकासका क्षेत्रमा विगत दश वर्षदेखि काम गर्दै आइरहेको छ। यस्तै चैतन्यले आर्थिक रुपमा कमजोर भएका विद्यार्थिहरुलाई निशुल्क शिक्षा दिदै आइरहेको छ ।
हेर्नुहोस् तस्बिरहरु:
![]()