चुनावपछि देशको नेतृत्व गर्छु : कुलमान घिसिङ - Chaitanya News
  • 2026-06-21
  • 15:21:34
  • आइतबार,आषाढ ०७, २०८३
  • चुनावपछि देशको नेतृत्व गर्छु : कुलमान घिसिङ

    चुनावपछि देशको नेतृत्व गर्छु : कुलमान घिसिङ

    काठमाडौँ– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनावपछि देशको नेतृत्व गर्ने बताएका छन्।

    आज (बिहिवार) चुनावी कार्यक्रमका लागि जनकपुर पुगेका घिसिङले सञ्चारकर्मीसँग कुरा गर्दै अरूलाई प्रधानमन्त्री बनाउनको लागि आफूहरू नआएको बताए।

    उनले भने, ‘सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी होइन, डेलिभरी दिएर अर्ग्यानिक रूपमा स्थापित भएको पार्टी हो। छोटो समयमा आएको भए पनि यो पार्टीले नै देशको नेतृत्व गर्छ, प्रधानमन्त्री हामी नै हुन्छौँ, देशको लिड गर्छौँ। यो देशको लिड गर्न आएका हौँ, कसैलाई प्रधानमन्त्री बनाउन आएका होइनौँ।’

    उनले भाषण गरेर मात्रै प्रधानमन्त्री नहुने भन्दै कामको आधारमा जनताले छानेपछि हुने बताए।