देश चलाउने र देश जलाउनेहरूको सरकार दिनप्रतिदिन नाङ्गिँदै छ : बादल - Chaitanya News
  • 2026-04-26
  • 14:10:50
  • आइतबार,बैशाख १३, २०८३
  • देश चलाउने र देश जलाउनेहरूको सरकार दिनप्रतिदिन नाङ्गिँदै छ : बादल

    देश चलाउने र देश जलाउनेहरूको सरकार दिनप्रतिदिन नाङ्गिँदै छ : बादल

    काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकार देश जलाउनेहरूको सरकार नाङ्गिँदै गएको बताएका छन्। आज (बुधबार) पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले यस्तो बताएका हुन्।

    ‘देश चलाउने र देश जलाउनेहरूको सरकार दिनप्रतिदिन नाङ्गिँदै गएको छ’, पूर्वमन्त्री समेत रहेका थापाले भने, ‘नङ्ग्याउने कुरामा देशभक्त र निष्पक्ष राजनीतिक विश्लेषकहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। संवैधानिक दृष्टिकोणले संविधानविद्हरूले पनि सरकारको भण्डाफोर गरिरहेका छन्।’

    सुशीला कार्की नेतृत्वको सरकार अवैध र थोपरिएको हो भन्ने भदौ २३ र २४ को परिघटनाको स्टेकहोल्ड मध्येका दुर्गा प्रसाईँले नै भन्न थालेको थापाको भनाइ छ। त्यसबाहेक भारत र चीनका राजनीतिक विश्लेषक र बुद्धिजीवीहरूले समेत भदौमा भएको आन्दोलन प्रतिक्रान्ति भनेर विश्लेषण भइरहेको बताए।

    उनले सरकारले चीन विरोधी मानिएका दलाई लामाका एक प्रतिनिधिलाई एयरपोर्टबाट राजकीय सम्मान र संरक्षण गरिरहेको बताए । ‘त्यस घटनाबाट चाइनिजहरू उत्तेजित भएका छन् र दुई वटा विकल्प रोज्नुस् भनेका छन्’, बादलले भने, ‘या त चीन विरोधीलाई कारबाही र निकाला गरेर क्षमा याचना गर्नुपर्‍यो । त्यो नगर्ने हो भने यसको परिणाम भोग्न तयार हुनुपर्‍यो।’