काठमाडौं– नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ । ६० प्रतिशत चिकित्सक फेल भएका छन्। काउन्सिलले एमबीबीएस र बीडीएसको ७४औँ लाइसेन्स परीक्षामा ३९.४५ प्रतिशत चिकित्सक मात्रै उत्तीर्ण भएको रजिष्ट्रार डा. सतिस कुमार देवले जानकारी दिए।
पुल्चोकस्थित नेपाल इन्जिनियररिङ अध्ययन संस्थान परीक्षा केन्द्रमा कम्प्युटर विधिबाट मंगलबार र बुधबार परीक्षा लिएको थियो। लाइसेन्स परीक्षामा ९४३ जनामध्ये ३७२ मात्रै पास भए।
लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएसका गरी ९६७ जनाले फारम भरेका थिए। उनीहरूमध्ये २४ जना अनुपस्थित भएको डा.देवले जानकारी दिए।
मेडिकल (एमबीबीएस तर्फ) ७९३ जनाले फारम भरेका थिए भने ७७५ जना सहभागी थिए। त्यसमध्ये ३०० जना ९३८।७ प्रतिशत० मात्रै उत्तीर्ण भएका छन्।
यस्तै डेन्टल तर्फ ९बीडीएस० मा १७४ जनाले फारम भरेका थिए। तर परीक्षाको बेला १६८ जना मात्रै सहभागी भएका उनीहरूमध्ये ७२ जना (४२.८५ प्रतिशत) मात्रै उत्तीर्ण भएको काउन्सिलले जनाएको छ।
यस्तो परिणामले चिकित्साशास्त्र पढाउने विश्वविद्यालय र कलेजहरूको शैक्षिक गुणस्तरमाथि प्रश्न उठाएको छ। तर रजिष्ट्रार डा। देव भने यसपटक अनुत्तीर्ण हुनेहरू भन्दा अघिल्ला परीक्षामै फेल भएकाहरूको संख्या धेरै रहेको दाबी गर्छन्।