१५औँ महाधिवेशनमा पुनः पार्टी नेतृत्वको जिम्मेवार सम्हाल्ने गगन थापाको दाबी - Chaitanya News
  • 2026-05-03
  • 04:18:57
  • शनिबार,बैशाख १९, २०८३
  • १५औँ महाधिवेशनमा पुनः पार्टी नेतृत्वको जिम्मेवार सम्हाल्ने गगन थापाको दाबी

    १५औँ महाधिवेशनमा पुनः पार्टी नेतृत्वको जिम्मेवार सम्हाल्ने गगन थापाको दाबी

    काठमाडौँ– नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी १५औँ महाधिवेशनमा पुनः पार्टी नेतृत्वको जिम्मेवारी सम्हाल्ने तयारीमा आफू रहेको बताएका छन्।

    सर्लाहीको बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्तासँगको अन्तरक्रियामा थापाले आफू विशेष महाधिवेशनमार्फत हालै मात्र सभापति चयन भएको उल्लेख गर्दै पार्टी नेतृत्वबाट पछि नहट्ने स्पष्ट पारे। उनले नेतृत्वको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै महाधिवेशनमार्फत पुनः सभापति बन्ने लक्ष्य रहेको बताए।

    थापाले पार्टी र राजनीतिक यात्राप्रति आफ्नो धारणा स्पष्ट पार्दै आफू जिम्मेवारीबाट पन्छिने स्वभावको नभएको र आगामी महाधिवेशनपछि पनि केही समय सक्रिय राजनीतिमा रहने योजना रहेको बताए।

    कार्यकर्तासँगको भेटमा उनले सर्लाही क्षेत्रसँगको सम्बन्धबारे पनि चर्चा गरे। आफूलाई मधेशको प्रतिनिधि पात्रका रूपमा सर्लाही निर्वाचन क्षेत्र नं। ४ बाट अघि बढेको उल्लेख गर्दै थापाले यसअघि काठमाडौँ क्षेत्र नं। ४ बाट निर्वाचन लड्न आग्रह आएको प्रशंग स्मरण गरे। आगामी निर्वाचनमा सर्लाही क्षेत्रका मतदाताले समेत त्यहीँबाट उम्मेदवारी दिन सुझाव दिने अवस्था सिर्जना गर्ने लक्ष्य रहेको उनले बताए।