अब मधेशको विषयमा काठमाडौँमा छुट्टै ढंगले बहस हुन्छ : गगन थापा - Chaitanya News
  • 2026-04-26
  • 18:51:13
  • आइतबार,बैशाख १३, २०८३
  • अब मधेशको विषयमा काठमाडौँमा छुट्टै ढंगले बहस हुन्छ : गगन थापा

    अब मधेशको विषयमा काठमाडौँमा छुट्टै ढंगले बहस हुन्छ : गगन थापा

    काठमाडौँ– नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा मधेश प्रदेशबाट उम्मेदवारी दिने निर्णयको पृष्ठभूमिबारे स्पष्ट पारेका छन्।

    आज (मंगलबार) सर्लाही निर्वाचन क्षेत्र नं.४ मा आयोजित संवादका क्रममा स्थानीय सञ्चारकर्मीहरूसँग बोल्दै उनले यो निर्णय आकस्मिक नभई सोचविचारपछि लिइएको बताएका छन्। उनका अनुसार मधेशसँग सम्बन्धित विषयवस्तुहरूलाई नजिकबाट बुझ्ने, तिनको गहिरो अध्ययन गर्ने र आगामी दिनमा ती मुद्दामाथि प्रभावकारी रूपमा बहस तथा पैरवी गर्न सहज हुने उद्देश्यले भित्री मधेश क्षेत्रलाई रोजिएको हो।

    थापाले सर्लाही जिल्लाको पार्टी संरचनाबाट पटक(पटक उम्मेदवारका रूपमा अघि बढ्न आग्रह भएको प्रसंग पनि उल्लेख गरेका छन्। पार्टीको स्थानीय तहबाट आएको सुझाव र मागलाई समेत ध्यानमा राख्दै आफूले मधेशबाट निर्वाचनमा सहभागी हुने निर्णय गरेको उनको भनाइ छ।

    उनका अनुसार यस निर्णयले मधेशका सरोकार, आवश्यकता र चुनौतीहरूलाई राष्ट्रिय तहमा थप व्यवस्थित र तथ्यपरक रूपमा उठाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।