बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षमा पौडेल - Chaitanya News
  • 2026-10-12
  • 00:40:42
  • आइतबार,आश्विन २५, २०८३
  • बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षमा पौडेल

    बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षमा पौडेल

    काठमाडौँ– नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदको जिम्मेवारी चन्द्रकला पौडेलले पाएकी छन् । सरकारको निर्णयअनुसार उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।

    हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवका रूपमा कार्यरत पौडेललाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

    निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि पौडेलले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको हैसियतमा कामकाज गर्नेछन् । यस नियुक्तिलाई बीमा क्षेत्रको संस्थागत नेतृत्व निरन्तरतासँग जोडेर हेरिएको छ।