निर्वाचन आउन ३८ दिन बाँकी, आयोग कर्मचारीलाई चुनावको चटारो - Chaitanya News
  • 2026-06-21
  • 21:14:24
  • आइतबार,आषाढ ०७, २०८३
  • निर्वाचन आउन ३८ दिन बाँकी, आयोग कर्मचारीलाई चुनावको चटारो

    निर्वाचन आउन ३८ दिन बाँकी, आयोग कर्मचारीलाई चुनावको चटारो

    काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ। उम्मेदवारी दर्तासँगै राजनीतिक दलहरू चुनावी प्रचारप्रसारमा जुटिसकेका छन्। निर्वाचन आयोग पनि २१ फागुनमा हुने निर्वाचनका लागि आवश्यक तयारीमा जुटिरहेको छ।

    आयोगले निर्वाचनको समयमा कुनै समस्या आए तत्काल समाधान गर्न सकिने गरी आइतबार संयुक्त निर्वाचन सञ्चालन केन्द समेत सञ्चालनमा ल्याइसकेको छ। सो केन्द्रले आवश्यक सूचना लिने, त्यसको विश्लेषण गर्ने र तत्काल आवश्यक निर्णय लिने आयोगको भनाइ छ।

    आयोगले निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरू धमाधम छापिरहेको छ। छापिएका मतदाता नामावली लगायतका सामग्रीहरू मिलाउने, पोका पार्ने र पोका पारेका सामग्रीहरू विभिन्न जिल्लाहरूमा पठाउने तयारी गरिरहेको छ।