गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी - Chaitanya News
  • 2026-05-03
  • 09:20:02
  • आइतबार,बैशाख २०, २०८३
  • गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी

    गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी

    काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ।

    आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।

    प्रतिनिधिसभा चुनाव लड्नका लागि यसअघिका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएपछि प्रवक्ताको पद खाली थियो।

    राजीनामा दिएका खरेल ललितपुर(२ बाट रास्वपाको उम्मेदवार बनेका छन्।