वर्तमान अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा - Chaitanya News
  • 2026-04-26
  • 22:34:20
  • आइतबार,बैशाख १३, २०८३
  • वर्तमान अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

    वर्तमान अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

     

    काठमाडौं– वर्तमान अन्तरिम सरकारका चार जना मन्त्री राजीनामा दिएर चुनावी मौदानमा होमिएका छन् ।

    गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो। उक्त आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो। अन्तरिम मन्त्रिपरिषद्मा रहेका शिक्षामन्त्री पुनसहित चार जना राजीनामा दिएर चुनावमा होमिएका हुन्।

    आज बिहान मात्रै राजीनामा दिएका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभास सदस्यमा उम्मेदवारी दिर्ता गरेका छन्।

    निवर्तमान ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्दैछन्। निर्वतमान सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्दैछन्।

    निर्वतमान युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता पनि राजीनामा दिएर चुनावमा होमिएका छन्। गुप्ता सिराहा १ बाट चुनाव लड्दैछन्। २१ फागुनमा हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको समय छ।

    २७५ सदस्यीय प्रतिनिधिसभाका लागि ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् भने १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छन्। समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ। प्रत्यक्षतर्फको मनोनयनको समय आज हो।