काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन्।
कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार थापा सर्लाही–४ बाट उम्मेदवार हुने भएका हुन्। यद्यपि कांग्रेसले हालसम्म औपचारिक रूपमा उम्मेदवारी तथा टिकट वितरणको निर्णय भने सार्वजनिक गरिसकेको छैन।
पार्टीभित्र आन्तरिक छलफल जारी रहेकाले उम्मेदवारको अन्तिम टुंगो भने प्रक्रिया पूरा भएपछि मात्र लाग्ने कांग्रेस नेताहरूले बताएका छन्।