कमल थापालाई टिकट दिने निर्णय गरेपछि हिक्मत कार्कीले छोडे राप्रपा - Chaitanya News
  • 2026-05-05
  • 15:37:48
  • मंगलबार,बैशाख २२, २०८३
  • कमल थापालाई टिकट दिने निर्णय गरेपछि हिक्मत कार्कीले छोडे राप्रपा

    कमल थापालाई टिकट दिने निर्णय गरेपछि हिक्मत कार्कीले छोडे राप्रपा

    पोखरा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। पार्टीको नेतृत्वले टिकट वितरणमा मनपरी गरेको भन्दै उनले सोमबार पार्टी छोडेका हुन्।

    राप्रपाले काठमाडौँ–५ मा कमल थापालाई टिकट दिने निर्णय गरेको छ। उक्त क्षेत्रमा हिक्मत प्रबल दाबेदार थिए। थापालाई टिकट दिएको विषयप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी छोड्ने निर्णय गरेका हुन्।

    राप्रपाको केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख समेत रहेका उनले पार्टीभित्रको पछिल्लो गतिविधिका कारण आफूलाई बस्न असम्भव भएको बताएका छन्।

    ‘पार्टीभित्रको अहिलेको परिवेशले गर्दा त्यहाँ बस्न असम्भव हुँदो रहेछ, त्यसैले मैले छोड्ने निर्णय गरेको हुँ,’ कुरा गर्दै उनले भने।