गगन थापासँगको सहकार्यमा कुनै सत्यता छैन: शेखरको सचिवालय - Chaitanya News
  • 2026-05-05
  • 15:36:18
  • मंगलबार,बैशाख २२, २०८३
  • गगन थापासँगको सहकार्यमा कुनै सत्यता छैन: शेखरको सचिवालय

    गगन थापासँगको सहकार्यमा कुनै सत्यता छैन: शेखरको सचिवालय

    काठमाडौं– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको सचिवालयले नवनिर्वाचित सभापति गगन थापासँगको सहकार्यबारे खण्डन गरेको छ।

    उनको सचिवालयले सभापति थापासँग मिलेर जाने समाचारमा कुनै सत्यता नभएको प्रष्ट्याएको छ।

    ‘जहाँसम्म डा.शेखर कोइराला र गगन थापासँग मिलेर जाने भन्ने कुरा समाचारमा आइरहेको छ त्यसमा सत्यता छैन,’ स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने।

    उनले आजसम्म विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिका कसैले कुनै पनि माध्यमबाट नेता कोइरालासँग सम्पर्क र कुराकानी नगरेको पनि बताए।

    ‘देशैभरबाट टिकट माग्न आउँने नेताहरुको भिड लागेको छ,’ उनले भने, ‘तर, कहाँ बसेर कसरी र कुन मापदण्डमा टिकट बाँडिदैछ त्यसको अहिलेसम्म कुनै जानकारी छैन।’