काठमाडौं– नेपाली कांग्रेसले हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीम चुलिएको विवादका बीच कांग्रेसले हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएका हो।
नवनिर्वाचित सहमहामन्त्री फरमुल्लाह मन्सुरले २१ फागुनका लागि हुन गइरहेको निर्वाच्नका लागि हिमाली जिल्लाहरूमा उम्मेदवार टुंगो लगाइसकिएको बताए। उनले उम्मेदवारहरूको नाम भने खुलाएनन्।
‘हिमाली जिल्लाको सबै उम्मेदवार टुंगो लागिसकेको छ। अन्य जिल्लाको पनि करिब मिल्ने क्रममा छ,’ मन्सुरले भने, ‘अब अरु पक्षसँग पनि छलफल गरेर सबै ठाउँको निश्चित गर्छौं।’