आशिका तामाङलाई रास्वपाले दियो टिकट - Chaitanya News
  • 2026-05-05
  • 15:37:13
  • मंगलबार,बैशाख २२, २०८३
  • आशिका तामाङलाई रास्वपाले दियो टिकट

    आशिका तामाङलाई रास्वपाले दियो टिकट

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ निर्वाचन क्षेत्र नं.१ बाट आशिका तामाङलाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ।

    सोमबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका नेताहरूको उपस्थितिमा तामाङलाई औपचारिक रूपमा उम्मेदवारीको टिकट प्रदान गरिएको हो। उक्त अवसरमा रास्वपाका नेता गणेश पराजुलीले उनलाई टिकट हस्तान्तरण गरेका थिए।

    पछिल्लो समय विभिन्न क्षेत्रमा चर्चामा रहेका व्यक्तिहरूलाई राजनीतिक दलहरूले उम्मेदवार बनाउने प्रवृत्ति बढ्दो देखिएको छ। राजनीति स्वयं नीति र मूल्यमा आधारित हुनुपर्ने मान्यताका बाबजुद पछिल्ला केही वर्षयता स्थापित दलहरूले समेत शक्ति र प्रभावको खेलका नाममा विविध पृष्ठभूमिका व्यक्तिहरूलाई राजनीतिमा भित्र्याउँदै आएका छन्। नयाँ दलहरूले पनि राजनीतिक अनुभवभन्दा बढी सार्वजनिक चर्चा कमाएका व्यक्तिहरूलाई विभिन्न क्षेत्रमा उम्मेदवार बनाउने क्रम तीव्र बनाएको देखिन्छ।