आईसीसी महिाल टी–२० विश्वकप: नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-05
  • 09:57:47
  • शुक्रबार,जेठ २२, २०८३
  • आईसीसी महिाल टी–२० विश्वकप: नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य

    आईसीसी महिाल टी–२० विश्वकप: नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य

    काठमाडौं–आईसीसी महिाल टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनायो।

    नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्। सम्झना खड्काले ११ बलमा २६ रन बनाइन्। रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन बनाइन्।

    थाइल्यान्डका लागि थिपात्चा पुथावङवले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिइन्। ओनिचा काम्चोम्फुले २ तथा सुनिदा चतारंगरतना, सुलिपर्न लाओमी र चनिदा सुथिराङले १–१ विकेट लिए।