काठमाडौँ– आज (शुक्रबार) राष्ट्रिय सभाअन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्दैछन्। जसअनुसार, विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ। बैठकमा बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूची तय भएको छ ।
त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१–२०८२ माथि छलफल हुने संसदीय समितिको सचिवालयले जनाएको छ। बैठक बिहान ११ बजे बस्ने छ ।