पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन : देउवा - Chaitanya News
  • 2026-05-06
  • 15:28:20
  • बुधबार,बैशाख २३, २०८३
  • पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन : देउवा

    पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन : देउवा

    काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षले पार्टी फुटाउन प्रयास गरेको बताएका छन्।

    आज (सोमबार) बिहान आफूसँग भेट गर्न आएका नेताकार्यकर्तासँग देउवाले यस्तो बताएका हुन्। ‘पार्टी फोड्ने प्रयास गरेका छन् तर पार्टी फुट्दैन। म विश्वस्त छु’, भेटका क्रममा नेताहरूसँग उनले भने।

    विशेष महाधिवेशन पक्षले बन्दसत्रबाट लिने निर्णयका आधारमा आफूले आवश्यक निर्णय लिने उनको भनाइ छ।

    संस्थापन पक्षकै केही नेताहरु आज बिहान देउवालाई भेट्न गएका थिए। उनले यो विशेष महाधिवेशन वैधानिक नभएको बताएका छन्।

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन सुरु भएको छ। आज बन्दसत्रका कार्यक्रम सुरु हुँदैछन्। यो महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी भएको दाबी गरिएको छ।