काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते राजीनामा दिने भएका छन्। बालेनको सचिवालयका एक सदस्यले उनले प्रतिनिधिसभा निर्वाचन लड्नका लागि राजीनामा दिने तयारी गरेको बताए।
‘उहाँले राजीनामा दिने निश्चित भएको छ। माघ ५ गते राजीनामा आउँछ’, सचिवालयका ती सदस्यले भने।
त्यसपछि उनी निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा छन्। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ बाट चुनाव लड्नेगरी छलफलमा छन्।