काँग्रेसको विशेष महाधिवेशनमा आज १० बजेदेखि बन्द सत्र सुरु हुँदै - Chaitanya News
  • 2026-10-06
  • 09:33:29
  • मंगलबार,आश्विन २०, २०८३
  • काँग्रेसको विशेष महाधिवेशनमा आज १० बजेदेखि बन्द सत्र सुरु हुँदै

    काँग्रेसको विशेष महाधिवेशनमा आज १० बजेदेखि बन्द सत्र सुरु हुँदै

    काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा हिजो (आइतबार)देखि जारी नेपाली काँग्रेसको विशेष महाधिवेशनको बन्द सत्र आज बिहान १० बजेदेखि शुरु हुँदै छ।

    यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्टाइएकाले दुई घण्टा ढिला गरी बन्द सत्र हुन लागेको हो।

    आइतबार बेलुकी ९ बजेसम्म २ हजार ६६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेको बताइएको छ। कुल प्रतिनिधिमध्ये ५६।१२ प्रतिशत प्रतिनिधि महाधिवेशनमा सहभागी भएको महाधिवेशन पक्षधरको दाबी छ।