काठमाडौँ– नेपाली कांग्रेसको आजबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु हुन लागेको विशेष महाधिवेशनलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न करिब ६ सय स्वयंसेवक परिचालन गरिएको छ।
नेपाल तरुण दलका केन्द्रीय सदस्य मनोज कटुवालले महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा व्यवस्थापनका लागि स्वयंसेवकहरू खटाइएको जानकारी दिए। महाधिवेशन स्थलमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य डेस्कसमेत स्थापना गरिएको छ।
सुरक्षाको दृष्टिले समेत स्वयंसेवकहरू तयारी अवस्थामा रहने र कुनै पनि असहज परिस्थितिमा सहभागीलाई आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए।
कांग्रेसले आज दिउँसो १ बजे विशेष महाधिवेशनको औपचारिक उद्घाटन गर्ने तयारी गरेको छ।