सेयर बजार ५६.८८ अंकले बढ्यो - Chaitanya News
  • 2026-04-30
  • 12:51:48
  • बिहिबार,बैशाख १७, २०८३
  • सेयर बजार ५६.८८ अंकले बढ्यो

    सेयर बजार ५६.८८ अंकले बढ्यो

    काठमाडौँ — साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारले २ हजार अंक नाघेको छ। परिसूचक ५६.८८ अंकले बढेर २०२९ मा पुगेको छ। कुल २ अर्ब ८६ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो।

    यस दिन सबै उपसमूह बढेका छन्। बैंकिङ २४, विकास बैंक ११६, फाइनान्स ८७, होटल तथा पर्यटन ७६, जलविद्युत् १०५, जीवन बीमा ३८५, उत्पादन ११२, माइक्रोफाइनान्स ११३, निर्जीवन बीमा ३४८, अन्य ४१ र ब्यापार उपसमूह ४७ अंक बढे। २०८ कम्पनीको मूल्य बढ्दा जम्मा ६ को घट्यो। ८ कम्पनीको मूल्य १० प्रतिशत हाराहारी बढ्यो।

    हिमालय ऊर्जा विकास, सानिमा लाइफ इन्स्योरेन्स, सिर्जनशील लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । धौलागिरि लघुवित्त, अजोड इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, स्वेतगंगा हाइड्रोपावर, रिलायन्स लाइफ इन्स्योरेन्सको मूल्य ९.९ प्रतिशत बढ्यो। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, नेपाल टेलिकम, रिडी पावर, एनआईसी एसिया बैंक र नबिल बैंक क्रमशः अगाडि रहे।