सहायक पाँचौँ तहका विभिन्न पदहरूका लागि आवेदन खुला - Chaitanya News
  • 2026-06-14
  • 06:37:59
  • आइतबार,जेठ ३१, २०८३
  • सहायक पाँचौँ तहका विभिन्न पदहरूका लागि आवेदन खुला

    सहायक पाँचौँ तहका विभिन्न पदहरूका लागि आवेदन खुला

    काठमाडौँ– स्थानीय सरकारी सेवाअन्तर्गत सहायक पाँचौँ तहका विभिन्न पदहरूका लागि दरखास्त आह्वान गरिएको छ।

    आज (बिहीवार) बागमती प्रदेश लोक सेवा आयोगले एक सूचना जारी गरी अप्राविधिक तथा प्राविधिकतर्फका गरी ९ वटा पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत स्थायी पदपूर्ति गर्न दरखास्त माग गरेको हो।

    सूचनाअनुसार स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूका लागि निर्धारित दरखास्त फाराम भरी आवश्यक विवरणसहित माघ १४ गतेसम्म आवेदन दिन सकिनेछ।